News Griha :: न्यूजगृह
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २६ वैशाखदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयका अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।

कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

‘अथवा’ राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा ‘पनि’ राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए ।

नयाँ पुरानो गरेर करिब ३ सय प्रश्नपत्रहरू तयार भइरहेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

विद्यार्थीको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको छ । कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ ।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

४ लाख ६७ हजार परीक्षार्थीहरू परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:५७
Weather Update