News Griha :: न्यूजगृह
बारा–२ मा कसको मत कति ?

बारा— बारा–२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

कूल खसेको ६८ हजार ८८७ मतमध्ये हालसम्म ५५ हजार ५१३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार ५५२ मतका साथ अग्रता कायम राखेका हुन् ।

उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार ९२३ मत ल्याएर पच्छयाइरहेका छन् ।

यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६८१ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अब १३ हजार ५९४ मत गणना गर्न बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:४४
Weather Update