News Griha :: न्यूजगृह
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडौं— प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्। 

बुधबार नवनियुक्त सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई मंगलबार सचिव पदमा नियुक्त गरेका थिए।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो। 

प्रतिनिधि सभाका तत्कालीन सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव भएपछि २०८० माघ २३ गतेदेखि सो पद रिक्त रहेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:१७
Weather Update