News Griha :: न्यूजगृह
मुकुलको प्रतिवेदन सार्वजनिक, सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न पाउने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। 

आज बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले आफैँ उक्त प्रतिवेदन प्रस्तुत गर्ने तयारीमा थिए। उनले उक्त प्रतिवेदन प्रत्यक्ष प्रशारण गरेर प्रस्तुत गर्न चाहे। त्यसमा सभापति रवि लामिछाने सकारात्मक देखिए पनि बहुमत केन्द्रीय सदस्यहरु त्यसमा सहमत भएनन्।  त्यसपछि उनले मुखमा पट्टी बाँधेर बसेपछि उनकै उपस्थितीमा उक्त प्रतिवेदन पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए। 

उनका अनुसार प्रत्यक्ष प्रशारण गर्ने ढकालको प्रस्ताव पार्टी सभापति लामिछानेसहित सबै केन्द्रीय सदस्यहरुले अस्वीकार गरेका थिए। 

‘महामन्त्रीज्यूले प्रतिवेदन लार्ईभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो। त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितता सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ज्यूले वाचन गर्नुभयो,’ उनले भने। 

त्यस्तै १२ः३० बजे खाना खाने ब्रेक दिइएको र त्यसपछि अहिले सबै केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका झाले बताए। 
 
महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन गत बुधबार पार्टी सभापति लामिछानेलार्ई बुझाएका थिए। उनले आफ्नो राजनीतिक भविष्य जोडिएको दाबी गरेको प्रतिवेदन हुबहु सार्वजनिक गरेर त्यसलाई सार्वजनि गर्र्न माग गरेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:४२
Weather Update