News Griha :: न्यूजगृह
पहिले एमालेलाई नेतृत्व दिने कांग्रेसको निर्णय, मार्गप्रशस्त गर्न प्रचण्डलाई आग्रह

काठमाडौं—  नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए। 

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए। कांग्रेसले मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:००
Weather Update