News Griha :: न्यूजगृह
भ्रष्टाचार निवारण विधेयक विचार गरियोस् प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं— प्रतिनिधि सभा बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् ’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावमाथिको छलफलपछि उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि विधेयकलाई बलियो बनाउनुपर्ने बताइन् ।

प्रतिनिधि सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:५१
Weather Update