News Griha :: न्यूजगृह
एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं— नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

बैठक दिउँसो तीन बजे बस्ने छ। बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन्। यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन।

यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन्। 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:३९
Weather Update