News Griha :: न्यूजगृह
आज यी प्रदेशमा अति वर्षाको सम्भावना
फाइल तस्बिर।

काठमाडौं— मनसुनी वायुको प्रभावका कारण मङ्गलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना छ।

राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०७:०७
Weather Update