News Griha :: न्यूजगृह
ओली भन्छन्ः यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन 

काठमाडौं— पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार फेरिने सम्भावना नरहेको संकेत गरेका छन्। 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनको भेटपछि सत्ता समीकरण फेरबदलको संकेत देखिएको हल्लाकाबीच ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन्। 

आज बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञाशामा संक्षिप्त उत्तर दिँदै त्यस्तो बताएका हुन्। 

देउवाले ओलीलाई सरकारको नेतृत्व गरेर अघि बढ्न सुझाव दिएको र त्यसमा कांग्रेसले साथ दिने चर्चा चलिरहेको छ। सो विषयमा प्रधानमन्त्री चर्चा छ, शपथ कहिले भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने,  ‘त्यस्तो त लाग्दैन मलाई। यो वर्ष बनिन्छ जस्तो लाग्दैन।’

त्यस्तै उनले प्रधानमन्त्री बन्न लागेको हल्ला चल्नु राम्रो रहेको समेत बताए। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:४६
Weather Update