News Griha :: न्यूजगृह
एमाले प्रवेश गरे कांग्रेस नेता जितेन्द्रनारायण देव 

काठमाडौं— नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। 

सोमबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका हुन्।  

उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। यसअघि उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य बनेका थिए। 

यसअघि लामो समय एमालेको राजनीति गरेका देव मधेसी जनाधिकार फोरम हुँदै कांग्रेसमा आएका थिए। आज उनीसँगै लोसपाका केही नेताहरु समेत एमाले प्रवेश गरेका हुन्। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:१७
Weather Update