News Griha :: न्यूजगृह
भोलि कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी गर्दै 

काठमाडौं— नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा भोलि (मंगलबार) ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्दैछ। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले फोटो प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। 

उनले क्रान्तिदेखि शान्तिसम्म विमर्श कायक्रमको पहिलो सेसनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले वक्ताको रुपमा आफ्नो कुरा राख्ने जानकारी दिए।  

उनले भने,‘क्रान्तिदेखि शान्तिसम्म विमर्श कार्यक्रम आयोजना गरिएको छ। त्यसमा वक्ताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली हुनुहुन्छ।’ 

उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्तिदेखि शान्तिसम्म, समुन्नतीको दोस्रो जग, फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा तीनवटा सेसनमा छुट्टा छुट्टै वक्त्ताहरु बोलाएर विमर्श कार्यक्रम गरिने छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:०७
Weather Update