News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरणः बेचन झालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति 

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

शुक्रबार पक्राउ परेका झालाई आज आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो। 

उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 

प्रहरीको विशेष ब्यूरोले फरार रहेका बेचनलाई भारतबाट पक्राउ गरेको हो। शुक्रबार राति पक्राउ गरी उनलाई ब्यूरोले काठमाडौं जिल्ला परिसरको जिम्मा लगाएको थियो। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने प्रकरणको अनुसन्धान अघि बढ्दा त्यसमा दोषी देखिएका उनी सुरुबाटै फरार रहेका थिए। 

प्रहरीको अनुसन्धानको क्रममा रामशरण केसीले उनको नाममा २ करोडको चेक काटिएको तथ्य प्रहरीले फेला पारेको थियो। उनी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका अन्य हाइप्रोफाइल व्यक्तिहरुसम्म प्रहरी अनुसन्धानमा पुग्नसक्ने बताइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:५१
Weather Update