News Griha :: न्यूजगृह
गलत बकपत्र दिनेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ। 

आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग सात हजार घूससहित पक्राउ गरेको थियो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुन विपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:०७
Weather Update