-1719733992.jpg)
काठमाडौं— प्रहरीले बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरी सार्वजनिक गरेको छ।
आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो।
पक्राउ पर्नेहरुमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन्।
उनीहरुमाथि पुल्चोकमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ।
प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ।
उनीहरुलाई प्रहरीले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।













