News Griha :: न्यूजगृह
उपराष्ट्रपति  निर्वाचन : २२० मत खस्यो

काठमाडौं—  उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत बिहान ११ बजेसम्म दुई सय २० मत खसेको छ । 

सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचनका लागि बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो ।

निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

samsad-line1679032213.jpg

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । 

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।   

samsad-line21679032215.jpg

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:३६
Weather Update