ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौं— ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।
अहिले प्रतिनिधि सभा बैठक बसिरहेको छ । सोही बैठकमा उनको पद रिक्त रहेको सभामुख घिमिरेले जानकारी गराउन लागेका हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १४:१२