News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले धान रोपे

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन्।

prachanda-dhan-1-1719637162.jpg
शनिबार चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए। 

prachanda-dhan-1719637163.jpg‘जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।’ 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:४७
Weather Update