रवि लामिछाने फेरि संसदीय दलको नेता चुनिने

काठमाडौं— उपचुनावमा ५४ हजार १९६ मत सहित विजयी रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा चुनिने भएका छन् ।
रास्वपा प्रवक्ता डा मुकुल ढकालले पार्टीको विधान तथा प्रक्रियाअनुसार लामिछानेलाई संयदीय दलको नेतामा पुनः चुन्न लागेको जानकारी दिए ।
चितवन २ मा भएको उपचुनावमा ४२ हजार ९६२ मन्तान्तरले मंगलबार विजयी भएका उनले नागरिकता मुद्दामा सर्वोच्च अदालतको १३ माघको फैसलापछि सांसद पद, गृहमन्त्री तथा पार्टीको सभापति पदसमेत गुमाउन पुगे । त्यसपछि रास्वपा संसदीय दलको नेतामा डोलप्रसाद अर्याल चयन भएका थिए ।
अब सांसद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि लामिछानेलाई चयन गर्नेसमेत डा ढकालले न्यूजगृहलाई जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १४:००













