News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चराहरू राति बसाइँ सर्छन् 

उपचुनावमा घण्टी पार्टीले विजयको डङ्का पिटिरहँदा सामाजिक सञ्जालमा सोमबार राति सम्भावित विमान दुर्घटनाले दुःखित बनायो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबईको लागि उडेको फ्लाई दुबई जहाज ईञ्जिनमा खराबी आएपनि सम्भावित दुर्घटनाबाट बच्दै गन्तव्यसम्म पुग्यो । त्यसबेला जहाजमा आगो लागेको देखि चरा ठोक्किएकोसम्म आकलन गरिएको थियो । साधारणतयाः राति सबै आराम गरी निदाउँछन् भन्ने आम विश्वास छ । तर, स्वच्छन्द उड्ने पन्छी राति पनि आकाशमा उड्ने गरेको माइक्रो ब्लगिङ साइट ट्वीटरमा द बर्ड गाईको नामले चर्चित अनुज घिमिरे बताउँछन् । प्राणीशास्त्रमा विद्यावारिधि गरेका उनले चराबारे ट्वीटरमा लामो लहरो राखेका छन् । उनको ज्ञानवर्द्धक यो ट्वीटको लहरो पढौँ र जानौँ चराको रात्रीकालीन यात्राबारे ।

'यो चराहरू राति उड्ने कुरामा धेरै जनालाई चराहरू राति उड्दैनन् जस्तो लागेको रहेछ र पक्कै पनि आजको घटनापछि धेरैलाई यो बारे अझै चासो होला सोचेर एउटा थ्रेड लेख्ने निर्णय गरे । धेरैजसो बसाइँसराइ गर्ने चराहरू राति उड्छन् ।

Prabhu Bank

यहाँ अमेरिकामा (डेटा सजिलाई पाइने) ८०% चराहरू राति बसाइँसराइ गर्छन् । नेपाल वा एसियाको चाहिँ डेटा नै हेर्न पर्छ । तर, धेरैजसो चराहरू जहाँ भए पनि बसाइँसराइ राति नै गर्छन् । चराहरू बसाइँ सर्दा विभिन्न ल्यान्ड मार्कहरू, खोलाहरू, ताराहरू हेरेर दिशा पत्तालाई गर्ने गरेको अध्ययनले देखाउँछ । 

जाडो महिनामा एउटा ठाउँमा बसेर गर्मीमा अर्को ठाउँ जान र सधैँ जस्तो त्यही बाटो लिएर आफ्नो गन्तव्य फर्किन उनीहरूले यस्तै कुराहरूको सहयोग लिन्छन् । तीमध्य धेरै प्रयोग गर्नेमा ताराहरू र चन्द्रमा नि पर्छ ।

त्यसैगरी रातिको समयमा उड्दा दिउँसोको तातो थर्मल्स (थर्मल भन्नाले माथि बग्ने तातो हावा बुझिन्छ) बाट नि जोगिन सकिन्छ । उड्ने क्रममा चराहरूको ज्यानमा धेरै हिट बन्छ वा ज्यान तात्छ र रातिको समयमा उड्ने गर्दा रातको चिसो मौसमले उनीहरूलाई आफ्नो तापक्रम चिसो राख्न मद्दत गर्छ । त्यसैगरी राति उड्दा उनीहरूले आफूलाई खान सक्ने चराहरूको आतङ्कबाट नि बचाउन सक्छन् ।

शहर जस्तो ठाउँमा यी चराहरू राति बसाइँसराइ गर्दा उडेको देखिन्न । तर, हल्ला खल्ला नभएको ठाउँमा बसेर सुन्ने हो भने माइग्रेसनको बेलामा राति टन्नै चराहरू कराएको सुनिन्छ । 

बसाइँ सर्दा चराहरू किन कराउँछन् भनेर धेरै वैज्ञानिकहरूले बुझ्न खोजेका छन् । यकिनका साथ यसको उत्तर थाहा नभए पनि उनीहरूको अनुमानले चाहिँ, चराहरू आफ्नो फ्लक/झुन्डको नजिकै बस्न यस्तो गर्छन् भन्ने छ र यो कराउने प्रक्रिया आँधीहुरी आएको बेला झनै धेरै हुने अध्ययनले बताउँछ ।

रमाइलो कुरा फल र स्प्रिङ सिजनमा बसाइँसराइको बेला पूर्णिमाको दिनमा आफ्नो दुर्बिन बोकेर चन्द्रमामा हेरी रहनु भयो भने ती उडी रहेको चराहरू मज्जाले देखिन्छ । हामीले राति चराहरू नदेख्ने भएर हो । तर, चन्द्रमालाई पृष्ठभूमिमा राखेर हेर्ने हो भने ती चराहरू देख्न सकिन्छ ।

हाम्रोतिर धेरैलाई यस्तो कुरा मतलबै नहुने भएर हो । अमेरिकामा भने भारी बसाइँसराइ भइरहेको बेला पारेर राति बत्ती निभाउन भनेर प्रचार गरिरहेको हुन्छन् । चराहरू ती उज्यालो सहरी बत्तीले गर्दा नझुकिउन् भनेर । कर्नेल र अन्य विश्वविद्यालयको सहकार्यमा राडारको प्रयोग गरेर यी चराहरूको माइग्रेसनको अध्ययन हुन्छ । कुन दिन कति चराहरू माइग्रेट गर्दै छन् भन्ने अनुमान उनीहरूले गर्छन् । 

तलको तस्बिर आज रातिको चराहरूको माइग्रेसनको फोर्कास्ट । आज ११५ मिलियन चराहरू उत्तर तिर जाँदै छन् ।

0pic1682409024.jpg

त्यति मात्र नभएर कुन कुन प्रजाति आजको दिनमा आउन सक्छन् भन्ने अनुमान पनि यो तथ्यांकबाट गर्न सकिन्छ । हरेक दिनको त थाहा भएन । तर यो अनुमान अनुसार धेरै जस्तो चराहरू मिल्छ पनि । यो तथ्यांक सायद इबर्ड याप, जुन मान्छेहरूले आफूले देखेको चराहरू रिपोर्ट गर्छन्, त्यस बाट नि लिइन्छ ।

01pic1682409040.jpg

डोल्निक १९९० अनुसार, मध्य एसिया र कजाक्स्थानमा गरिएको अध्ययनमा अटम फल माइग्रेसनमा १.५ बिलियन चराहरू एसियाको आकाश माथिबाट उडेको पाइएको रहेछ । स्प्रिङ माइग्रेसनमा ७५० मिलियन पाइएको रहेछर राति माइग्रेट गर्ने चराहरूको संख्या दिउसो माइग्रेट गर्नेको भन्दा ८–१० गुना धेरै रहेछ । 

भर्खरै यही कुरा लेख्दै गर्दा एक छिन ब्रेक लिएर इन्स्टाग्राम चेक गर्दा सिकागो औदोबोनले माइग्रेसनको क्रममा बत्ती र सिसाहरूले गर्दा चराहरूमा पर्ने असर बारेको पोस्ट देखे । स्प्रिङ भरी धेरै ठाउँमा यसरी रातिको समयमा बत्ती निभाउन आग्रह गरिन्छ ।

1st pic1682409024.jpg

धेरै जसो यो बारे अध्ययन खोज्दा अमेरिका र युरोप तिरको मात्र देखियो । हाम्रोतिर अध्ययन गर्न खोज्ने मान्छे हुँदा हुँदै पनि अनुसन्धानको श्रोत तथा अनुदानको कमीले गर्दा गाह्रो छ । नभए त नेपालमा चराहरूमा मात्र नभएर कति धेरै जनावरहरूमा कस्तो राम्रो राम्रो अध्ययन गर्न सकिन्छ ।
जस्तो, उत्तरी अमेरिकामा चराहरूको उड्ने बाटो, जसलाई ‘बर्ड फ्लाइवे’ भनिन्छ, त्यो फ्लाइवे यहाँ ४ वटा छन् र एसियामा धेरै जस्तो ५ भागमा देखिन्छ; एसियाली–पूर्वी अफ्रिकी, मध्य एसियाली, पूर्वी एसियाली–अस्ट्रेलियाली, पश्चिम प्रशान्त र अफ्रिकी–युरेशियन ।

2nd pic1682409040.jpg

कतै कतै पुर्वी र दक्षिण गरेर २ वटा मात्र गरेको पाईन्छ र हामी यसमा सेन्ट्रल एसियन फाईवेमा पर्छौ । तर, नेपाल भित्र नै पनि यो हाइवेहरूको अझै धेरै अध्ययन गर्न सकिन्छ ।

3rd pic1682409024.png

नेपालको ती भूभागहरू, हिमाल, खोला, नदीहरूको विविधता र तिनीहरूलाई ल्यान्ड मार्क मानेर उड्ने विभिन्न प्रकारका चराहरूको अध्ययनले नेचर, साइन्स जस्ता जर्नलमा ठाउँ पाउने धेरै अध्ययन नेपालबाट निकाल्न सकिन्छ । मैले पहिले नि लेखेको छु, नेपालको भूभाग आफैँमा एउटा प्रयोगशाला हो ! र झन् बसाइँसराइ गरी आउने चराहरूको संरक्षणको लागि त झन् उनीहरूको बसाइँसराइको रुट, वासस्थानबारे जान्न एकदमै महत्वपूर्ण छ । वासस्थान मासिने, कृषिजन्य गतिविधिहरू, संरचनात्मक भवनहरू तथा अरू मानव निर्मित कुराहरूले गर्दा यी चराहरूलाई धेरै नै असर पर्न गएको छ ।

जसले गर्दा एसिया मात्रा नभएर माइग्रेट गर्ने र पानीमा वा पानी तल देखाइएको चित्रमा मध्य एसिया फ्लाइवेमा ‘यानाटीडे’ (हासहरू) ले प्रयोग गर्ने रुट देखाइएको छ । पाम एट अलबाट साभार वरपर बस्ने (वाटर बर्ड्स)हरूलाई त झन् धेरै असर गरेको पाइन्छ ।

4th pic1682409024.png

यो सबै कुराको अध्ययन गर्न सक्दा मात्र हामीले यी जनावरहरूको लागि आफ्नो आकाश सुरक्षित राख्न सक्छौ । यो पृथ्वी हाम्रो मात्र हैन । हामी धेरै भई सक्यौ र सोच्न सक्ने प्राणी हौ र आज जनावरबारे पनि सोच्दै छौँ र यो भन्दैमा उनीहरू बारे मात्रै सोचेर विकासको काम नै नगरौँ भन्ने हैन ।

यो कुरालाई दिगो रूपमा लैजानुपर्छ जस्तो लाग्छ । त्यो आकाशमा हामी र हाम्रो प्लेनहरू उड्नु भन्दा धेरै अगाडिदेखि चराहरू उडेका छन् । हामीले त आफ्नो बाटो बद्लन सक्छौ होला । तर, ती चराहरूले त्यो सक्दैनन् । उनीहरू त धेरै अगाडि, सायद हामी हुनु अगाडिदेखी त्यही बाटो हिँड्दै छन् ।

त्यो बाटोमा सायद हाम्रोभन्दा धेरै हक उनीहरूको होला । हामी बाघको जनसंख्या बढ्यो, गैँडा बढ्यो भनेर अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाउँदा खुसी भएर सेयर गर्छौँ । तर, त्यस्ता अन्तर्राष्ट्रिय समाचार नबन्ने जनावरहरू धेरै मारमा परिरहेका छन् ।

केही समय अगाडि मात्र एउटा गोमायु महाचील प्लेनसँग ठोकियो भनेर समाचार आएको थियो । त्यो प्रजाति नि ‘लोपोन्मुख’ सूचीको जनावर हो । त्यही बाघ झैँ ! त्यो प्रजाति तिर नि सबै को ध्यान गए त राम्रै हुन्थ्यो ।'

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:४७
sagarmatha cementsagarmatha cement
Weather Update