उपनिर्वाचन
रवि लामिछाने ४२,९६२ मतान्तरले विजयी

काठमाडौं— चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।
उनी ४२ हजार ९६२ मतान्तरले विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।
औपचारिक घोषणा हुन बाँकी छ ।
यसअघि, आम निर्वाचनमा लामिछाने ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १२:३८













