बारा २
अघिअघि जसपा, पछिपछि जनमत

काठमाडौं— बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यादवले १३ हजार ८०५ मत पाएका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले नौ हजार ८५६ मत पाएका छन् । उनी यादवभन्दा तीन हजार ९४९ मतले पछि परेका छन् ।
यस्तै, नेकपा एमाले उमेदवार पुरुषोत्तम पौडेलले चार हजार ५९५ मत ल्याएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १२:१९













