उपनिर्वाचन
रवि लामिछाने सर्वाधिक मतान्तरसहित जितोन्मुख

काठमाडौं— चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ५० हजार २०५ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अनुसार उनले ५० हजार २०५ मत पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले नौ हजार ८५६ मत पाएका छन् । उनी लामिछानेभन्दा ४० हजार ३४९ मतले पछि छन् ।
यस्तै, नेकपा एमाले उमेदवार रामप्रसाद न्यौपानेले नौ हजार ४८७ मत पाएका छन् ।
यसअघि, आम निर्वाचनमा लामिछाने ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ११:४६













