News Griha :: न्यूजगृह
जग्गाको कित्ताकाटमा सेवाग्राहीसँग घुस लिने नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं— जग्गा कित्ताकाट गर्दा घुस मागेको आरोपमा पक्राउ परेका नापी कार्यालय, चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध मुद्दा दायर भएको छ। 

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेलीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

जग्गाको कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले तेलीलाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो। 

अनुसन्धानको क्रममा उनले गलत मनसायले सेवाग्राहीसँग घुस लिएको ठहरसहित मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए। 

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई ३५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:२६
Weather Update