‘सुशासन र विकासलाई प्राथमिकता दिनुपर्छ’

धनगढी— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार धनगढीमा आयोजित राप्रपाको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्वउपप्रधानमन्त्री एवम् प्रतिनिधि सभा सदस्य लिङ्देनले छोटो समय पार्टी सरकारमा बस्दा केही सकारात्मक आयाम छाडेर आएको जिकिर गरे ।
उनले भने,‘देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म युवालाई देशभित्र गरिखाने वातावरण बन्न सक्दैन ।’
उनले देश पटकपटक परीक्षणको सिकार भइरहेकाले यस्तो प्रवृत्ति रोक्न सबै एकजुट भएर काम गर्नुपर्ने बताए । उनले पार्टीको विचारलाई तल्लो तहमा पुर्याएर सङ्गठन बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०९:११













