बारा–२ मा यादवको अग्रता, कटाए १० हजार मत

काठमाडौं— बारा–२ मा मतगणना भइरहेको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनबाट साझा उम्मेदवार उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।
यादवले १० हजार १९९ मत ल्याएका छन् । उनलाई ६ हजार ८०८ मतका साथ जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १७४ मत ल्याएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० ०८:५६













