News Griha :: न्यूजगृह
चितवन–२ मा रविको जित सुनिश्चित 

काठमाडौं— चितवन–२ मा आइतबार सम्पन्न  प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी मतगणना हुँदा लामिछानेले ४१ हजार ५०४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ७ हजार ६९५ मत छ । उनीहरूबीचको मतान्तर ३३ हजार ८०९ छ ।

चितवनमा ७८ हजार २७७ मत खसेको थियो । अब गन्न बाँकी मत २१ हजार मात्र छ । लामिछानेले प्रतिस्पर्धीसँग ३३ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो ।

तनहुँ–१ बाट रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्ले विजयी भइसकेका छन् । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा रास्वपाले दुई क्षेत्रमा जित्दैछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०८:३४
Weather Update