News Griha :: न्यूजगृह
चितवन–२ मा ८७० मत बदर  

चितवन— चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार ४९६ मतगणना हुँदा ८७० मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले अहिलेसम्म ८७० मत बदर भएको जानकारी दिए ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत प्राप्त गरेका छन् ।

आचार्यकाे भनाइमा भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएर कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:४६
Weather Update