News Griha :: न्यूजगृह
रवि ३२ हजार बढी मतान्तरले अगाडि

काठमाडौं— चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ३२ हजार बढी मतान्तरले अगाडि रहेका छन् । ५६ हजार ५०७ मतगणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि जीतनारायणभन्दा ३२ हजार ६११ मतान्तरले र रामप्रसादभन्दा ३२ हजार ८०२ मतान्तरले अगाडि छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:२५
Weather Update