News Griha :: न्यूजगृह
रविले ३१ हजार ७४८ मत ल्याउँदा जीतनारायण श्रेष्ठले ल्याए जम्मा ६ हजार ३३५ मत

काठमाडौं— चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पारेका छन् ।

मंगलबार बिहानसम्म गणना भएको साढे ४४ हजार मतमध्ये लामिछाने एक्लैले ३१ हजार ७४८ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ६ हजार ३३५ मत ल्याएका छन् ।

तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ५ हजार ७८५ मत पाएका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०५:४३
Weather Update