News Griha :: न्यूजगृह
तनहुँ–१ मा रास्वपाका वाग्ले फराकिलो मतान्तरसहित विजयी

तनहुँ— प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

डा.वाग्ले निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर विजयी भएका हुन् ।

डा.वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

तनहुँ–१ का प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त स्थानमा आइतबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०५:२०
Weather Update