News Griha :: न्यूजगृह
बारा–२ : जनमतका कुशवाहाले घटाए मतान्तर

काठमाडौं—  बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ३ हजार २१४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कुशवाहाले २ हजार ८१३ मत प्राप्त गरेका छन् । 

केहीबेर अगाडि उपेन्द्रको ३ हजार ७९ मत र कुशवाहाको २५४४ मत थियो । उक्त मतअनुसार उनीहरूबीच ५३५ मतान्तर थियो । अहिले भने कुशवाहाले मतान्तर घटाएका छन् । अहिले उनीहरूबीच ४०१ मतान्तर छ । 

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरूषोत्तम पौडेलले एक हजार ३३५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २१:१०
Weather Update