News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा 

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्र्दै परेको रिटको सुनुवाइ आज पनि सकिएन। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ नसकिएपछि पेसी तोकेर ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

उक्त रिटमाथिको सुनुवाइका लागि असार १८ गते अर्कोे पेसी तोकिएको छ। 

आज उक्त रिटमा निवेदककर्ता अधिवक्ता अनुपम भट्टराईसहित सरकारी वकिलले बहस गरेका थिए। 

रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए ।

उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधीवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए। 

अधिवक्ता भट्टराईले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्री स्वंय बाधक बन्न सक्ने जिकिर गर्दैै उनी पदमुक्त हुनुपर्ने माग गरेका छन्। यता सहकारी ठगी प्रकरणमा छानबिन समिति बनिसकेको छ। आज बहसको क्रममा न्यायाधीश मल्लले छानबिन समितिको औचित्य के हुन्छ? भन्दै प्रश्न समेत गरेकी थिइन्। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:४७
Weather Update