News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक जारी 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। 

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको छ। 

दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक बसेको हो। 

आजको बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ। त्यस्तै बैठकमा संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटका विषयमा छलफल हुने कार्यसूची रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:३१
Weather Update