News Griha :: न्यूजगृह
स्थापना दिवसको शुभकामना दिन रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ। 

पार्टी स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिन बैठक बसेको हो। 

बनस्थलीको चमतीस्थित केन्द्रीय कार्यालयमा अहिले बैठक जारी रहेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। 

त्यस्तै आजको बैठकमा हालसम्मको अवधिमा रास्वपाको गतिविधि र उतारचढावका विषयमा समेत छलफल भएको बताइएको छ। 

रास्वपा स्थापनाको आज २ वर्ष पूरा भएर तेस्रो वर्षमा टेकेको छ। आज रास्वपाले चियापना कार्यक्रम गर्दैछ।  

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:२४
Weather Update