News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

 सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । 

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।

प्रमुख सचेतक रमेश लेखकले बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:२५
Weather Update