उपेन्द्रले लिए २ सय ३६ मतको अग्रता

बारा— बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २ सय ३६ मतको अग्रता लिएका छन् ।
यादवले २ हजार ८६ मत ल्याएका छन् । दोस्रोमा रहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ हजार ८ सय ५१ मत पाएका छन् ।
तेस्रोमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ७ सय ३३ मत ल्याएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १८:४०













