News Griha :: न्यूजगृह
चितवन–२ : रविलाई पछ्याउँदै एमालेका न्यौपाने

काठमाडौं— चितवन–२ मा मतगणना जारी छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४ हजार ३५८ मत ल्याएका छन् ।

रविलाई नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने २ हजार ५८५ मतका साथ पछ्याइरहेका छन् । रवि र न्याैपानेबीचकाे मतान्तर १७ सय २२ रहेकाे छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठ भने २ हजार २०५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:२९
Weather Update