News Griha :: न्यूजगृह
कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्ले साढे ७ हजार मतले अगाडि

काठमाडौं— तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । जसअनुसार २६ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् ।

३७ हजार ८४९ मतगणना हुँदा रास्वपाका डा.वाग्लेले १९ हजार २४९ ल्याएका छन् । वाग्लेका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २७९ मतले पछ्याइरहेका छन् । भट्टराईभन्दा वाग्ले ७ हजार ९७० मतले अगाडि छन् ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ६ हजार १५२ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:१२
Weather Update