चितवन २ मा रवि लामिछानेलाई साढे तीन सय मतको अग्रता

चितवन— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन सय ५९ मतको अग्रता लिएका छन् । चितवन-२ को जारी मतगणना अन्तर्गत अहिले इच्छाकामना गाउँपालिका-१ र ५ को मतगणना भइरहेको छ ।े
जसअन्तर्गत रवि लामिछानेले १४९२ मत ल्याएका छन् । सुरुमा अग्रता बनाएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सोमबार दिउँसो २ बजेपछि मात्रै सुरु भएको हो ।
यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदातामध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १६:४३













