बारा २ मा शिवचन्द्र र उपेन्द्रबीच कडा प्रतिस्पर्धा

काठमाडौं— बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाह र जनता समाजवादी पार्टीका उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
जारी मतगणना अन्तर्गत जनमतका कुशवाहले एक हजार १४६ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई जसपाका यादवले एक हजार ११७ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २४४ मत ल्याएका छन् ।
उपनिर्वाचन अन्तर्गत आइतबार यस क्षेत्रमा निर्वाचन भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १६:३४













