News Griha :: न्यूजगृह
विप्लव भन्छन्– अब बाँकी समय पनि प्रचण्डलाई नै दिउँ, देशले गति लिन्छ

काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अबको बाँकी समय वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै सरकारको नेतृत्व गर्न दिनुपर्ने बताएका छन्। 

सोमबार बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले स्ट्याटेजी बनाएर प्रचण्डलाई सत्ता चलाउन दिएमा देशलाई सही दिशामा लैजान सक्ने जिकिर गरे। 

त्यस्तै आफूले यसअघि प्रचण्डलाई कांग्रेसलाई नै ५ वर्ष सरकारको नेतृत्व गर्न दिन सुझाव दिएको समेत बताए। साथै अहिलेका प्रधानमन्त्री प्रचण्डलाई काम गर्न भन्दा पनि गठबन्धन र कुर्सी जोगाउनमै ठिक्क रहेको बताए। 

‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष कांग्रेसले चलाओस्। कि त हामीलाई देओस्। अहिले पनि प्रचण्डजीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ,’ उनले भने, ‘उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ। आजै जान्छ भोलि जान्छ भन्न थालिसके।’ 

बजेटबारे भइरहेको टिकाटिप्पणीबारे वर्तमान अर्थमन्त्री वर्षमान पुन नै जिम्मेवार हुने उनको धारण छ। उनले बजेट प्रयाप्त नहुने भए पनि आफ्नै पार्टी र अन्य पार्टीबाट समेत त्यसको बारेमा टिकाटिप्पणी भइरहेको बताउँदै उनले भने, ‘बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठीक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ। मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए?’

त्यस्तै आजको सत्तामा जनताको स्वीकार्यता नरहेको  समेत जिकिर गरे। उनले कसैको पनि समर्थन नरहेको दाबी गर्दै अहिलेको व्यवस्थाकाबारेमा जनमत संग्रह गर्नुपर्ने बताए। 

‘आजको सत्तामा जनताको स्वीकार्यता छैन । कसैको पनि समर्थन छैन। यो सत्ता चल्छ भन्नेमा मान्छेलाई विश्वास छैन। यसले नेपाली जनताको स्वाधीनतालाई बोक्न सक्छ भन्ने विश्वास छैन। तर, बोल्न दिइँदैन त्यो जनमतलाई स्वीकारिँदैन। नभए जनमत संग्रह गरौँ,’ उनले भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:२६
Weather Update