News Griha :: न्यूजगृह
झलनाथ भन्छन्– टाउका जोडेर र अंकमाल गरेर मात्र सहमतिमा नेतृत्व चयन हुँदैन 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (अनेमसंघ) समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले उनले सो कुरा बताएका हुन्।  

आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले सहमतिमा नेतृत्व चयन गर्न नसकिने स्पष्ट पारे। 

‘सहमति केका आधारमा हुन्छ? टाउका जोडेर कि अंकमाल गरेर? महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र नेतृत्व चयन सकिन्छ,’ उनले भने, ‘महाधिवेशनबाट चारवटा दस्तावेज पास गर्नेछौं। दस्तावेजमा छलफल भइरहेको छ। सुझाव आइरहेका छन्। अहिलेका मस्यौदा दस्तावेजलाई अझैं परिस्कृत गरेर पारित गर्छौं।’

उनले संविधान निर्माणको प्रक्रिया पार गरेपछि प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको बताए। कम्युनिष्ट आन्दोलनले नै समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको समाजवादी कार्यक्रम लामो समयपछि पार्टीको महाभिवेशनबाट अगाडि सार्न लागेको उनको भनाई छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:२७
Weather Update