News Griha :: न्यूजगृह
टी२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बने सन्दीप 

काठमाडौं— नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

sandeep-lamichhane-1-1718591648.jpg
आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन्। १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे।

नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन्। अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन्।

त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:२०
Weather Update