News Griha :: न्यूजगृह
लोकतन्त्र दिवसमा शुभकामना दिँदै रविले भने, अब यो देश युवाले हाँक्छन्

काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।

सोमबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको टिप्पणी गरेका छन् । 

उनले ऐतिहासिक परिवर्तनले बलिदानको मर्म जोगाउन सक्यो कि भनेन भनेर प्रश्न समेत गरेका छन् । उनी प्रश्न गर्छन्, 'सोच्छु, ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ? अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो, अवस्था सुध्रिएन ।'

उनी अगाडी भन्छन्, 'लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।'

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:४९
Weather Update