News Griha :: न्यूजगृह
स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

तनहुँ— राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर २ मा दोब्बर मतले अग्रता कायम गरेका छन् । 

हालसम्म भएको मतगणनाको मत परिणामअनुसार वाग्लेले ११ हजार ६ सय ७७ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७ सय ८७ मतले पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर चार हजार आठ सय ९० छ । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनाल तीन हजार ८०३ मत सहित तेस्रो स्थानमा छन् । 

मतगणनाको सुरुआतदेखि नै रास्वपाका वाग्लेले अग्रता कायम राख्दै आएका छन् ।  तनहुँ १ मा ६५ हजार ९९ मत खसेको ।

अहिलेसम्म १३ वडाको मत गणना भइसकेको छ । सुरुआतदेखि नै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

कूल ६५ हजार ९९ मत खसेको तनहुँ १ मा हालसम्म १७ वटा वडाको मतगणना सकिएको छ । भानु नगरपालिका, ब्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका गरी  ५ वटा पालिका रहेको यस क्षेत्रमा ४२ वटा वडा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:२०
Weather Update