News Griha :: न्यूजगृह
कांग्रेस–एमालेका वडाध्यक्षले गरे नगरसभा बैठक बहिस्कार, बालेनको यस्तो चेतावनी 

काठमाडौं— काठमाडौं महानगरपालिकाको १५औँ अधिवेशन अन्तर्गतको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ। 

आज राष्ट्रिय सभागृहमा बसेको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यक्रम रहेको थियो। तर कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले बैठक स्थगित भएको घोषणा गरेका हुन्। 

मेयर बालेनले गत जेठ ३२ गते महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही विषयमा आ–आफ्नो धारणा राख्न कार्यपालिका सदस्यहरुलाई ५ मिनेटको समय दिइएकोमा बहिस्कार गरेका हुन्। 

नगरसभा बैठक स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै नगरसभा बैठकमा आउँदा कांग्रेस एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्। नगरसभा कोही पार्टीको नेता नरहने बताएँदै बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने र सार्वजनिक रुपमा त्यसको चौपचारिकता मात्रै दिने काम महानगरले नगर्ने समेत स्पष्ट पारेका छन्। 

‘काठमाडांै महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला,’ उनले अघि भनेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ। बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन।’ 

त्यस्तै ३ जना नेताको कारणले १६० जना जनप्रतिनिधिहरुले बोल्ने अधिकारको हनन भएको भन्दै आफूहरुले नेताहरुको असली चरित्र देखाउनका लागि नै बैठक लाइभ गर्ने गरेको बताए। 
‘३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो,’ उनले भनेका छन्, ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ।’

पछिल्लो समय मेयर बालेन र वडाध्यक्षहरुबीच विवाद पर्र्दै आइरहेको छ। पछिल्लो समय वसन्तपुरमा सवारी आवागमन हुन दिने वा नदिने, न्युरोडको फुटपाथ बढाउने वा नबढाउने भन्ने लगायतका विषयमा वडाध्यक्ष–मेयरबीच विवाद पर्दै आइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:५१
Weather Update