चितवन– २ को मतगणना दिउँसो १ बजेपछि

चितवन— चितवन २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।
सोमबार बिहान बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।
आइतबार भएको मतदानमा चितवन— २ मा ७८ हजार २७७ मत खसेको प्रारम्भिक विवरण छ ।
चितवन— २ मा रास्वपा रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १२:१७













