News Griha :: न्यूजगृह
स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ—  तनहुँ क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

अहिलेसम्म १३ वडाको मत गणना भइसकेको छ । सुरुआतदेखि नै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् ।

१८६६१ मत गणना हुँदा वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मतसहित पछ्याइरहेका छन् ।

नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। उनले २७९७ मत ल्याएका छन्।  

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:४८
Weather Update