मोदी र मेलोनीको ‘सेल्फी २.०’ भाइरल
काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ।
इटालीमा जी–७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो शहरमा केन्द्रित थियो।
यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए।
यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ।
मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ।
यसअघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १६:०५