काठमाडौं— बझाङमा गएराति दुई पटक भूकम्प गएको छ।
पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको हो।
बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११:२५ मा ३.७ र ११:३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०८:३०